नवलपरासी। राष्ट्रियभूमि आयोग, पश्चिम नवलपरासीले आयोगका काम कारबाहीलाई तीव्र पारेको छ।
भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासमा नाप जाँचगर्ने, निस्सा वितरण गर्ने र लालपूर्जा वितरण गर्ने जस्ता कामलाई तीव्रता दिएको हो।
आतबार जिल्लाको सुनवल नगरपालिका वडा नम्बर ७ मा रहेका भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासमा नाप जाँचको कार्य थालेको छ।
आयोग सदस्य तथा नेकपा (एकीकृत समाजवादी) की युवा नेता लक्ष्मी भुसालकाअनुासर गत कात्तिकमा निस्सा वितरण गरिएको र सोही बमोजिम फिल्ड नापजाँच कार्य आइतबारदेखि प्रारम्भ गरिएको हो।
वडा नम्बर ७ का वडा अध्यक्ष नारायण आचार्यको अध्यक्षता एवं आयोगका अध्यक्ष देवराज भण्डारीको प्रमुख आतित्थ्यतामा नापजाँचको कार्य थालनी गरिएको हो।
कार्यक्रममा आयोग सदस्य भविश्वर तिवारीले मन्तव्य राख्नु भएको थियो भने सहजिकरण समिति, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा उक्त कार्य प्रारम्भ गरिएको हो।








दियो खबर । २२ माघ २०८०, सोमबार ०७:३५