लमही। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वंशजको आधारमा शाशन गर्ने दिन सकिएको टिप्पणी गर्नु भएको छ
एकीकृत समाजवादी क्षेत्र नम्बर १ दाङले आयोजना गरेको क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त धारणा राख्नु भएको हो।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अध्यक्ष नेपालले एकीकृत समाजवादीप्रति जनताले भरोसा गरेको बताउनु भयो। पार्टीको महाधिवेशन सम्पन्न गर्न लागेको बताउँदै उहाँले जबजको सान्दर्भिकता अझैं नसकिएको दाबी गर्नुभयो।
त्यस्तै पूर्व मन्त्री एवं दाङ क्षेत्र नं १ का सांसद मेटमणि चौधरीले गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनको विकल्प नरेको बताउनु भयो। ‘गठबन्धन कमजोर पार्न केही शक्तिले निकै बल गरे पनि उनीहरु निरन्तर असफल भइरहेका छन्। उनीहरुको केही उपाय लागिरहेको छैन। वर्तमान गठबन्धनको विकल्प छैन ।’ चौधरीले भन्नुभयो।
भेलामा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य टोपेन्द्र केसी, विवेकशील साझाका केन्द्रीय सदस्य शरद केसी, वाइसिएल नेपालका केन्द्रीय सदस्य प्रशान्त चौधरी, नेपाली कांग्रेस दाङका क्षेत्रीय सदस्य सरिक मियाँलगायत १४०७ जना एकीकृत समाजवादीमा प्रवेश गरेको एकीकृत समाजवादी दाङका प्रचार विभाग प्रमुख सूर्य बिसीले जानकारी दिनुभयो।

-1706884141.jpg?timestamp=1706884482232)


दियो खबर । १९ माघ २०८०, शुक्रबार २०:४६