अपडेट

पुष्पलाल जन्मशताब्दीका अवसरमा विचार गोष्ठि सम्पन्न 

 काठमाडौँ। पुष्पलाल जन्मशताब्दीका अवसरमा विचार गोष्ठि कार्यक्रम सम्पन्न भएको छ।

शनिबार ललितपुरको लगनखेल स्थित नेपालबार एशोसिएनको हलमा सम्पन्न विचार गोष्ठिमा ‘नेपालको परराष्ट्र नीतिमा पुष्पलालको योगदान र पुष्पलालका फरक कृतिहरूको समिक्षा’ बारे कार्यपत्र पुस्तुत गरिएको थियो।

क्रमशः हिरण्यलाल श्रेष्ठ र मधुकर तुलाधरले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। ‘परराष्ट्र नीतिमा पुष्पलालको योगदान’ माथि नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडा र एमालेका युवा नेता विष्णु रिजालले टिप्पटी मन्तव्य राख्नु भएको थियो। त्यस्तै कृतिहरूको समिक्षामाथि त्रिवि राजनीतिशास्त्रका उपप्रध्यापक अर्जुन ध्वज अर्याल र रामबहादुर भण्डारीले मन्तव्य राख्नु भएको थियो।

प्रगतिशील बुद्धिजीवि समूहकाले आयोजना गरेको कार्यक्रममा वामवन्थी नेता वामदेव गौतम प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा पुष्पलाको राजनीतिक जीवन र नेपाली कम्युनिष्ट आन्दोलनको ध्रुविकरणका बारेमा घनिभूत छलफल भएको आयोजकले जानकारी दिएको छ। वामपन्थी चिन्तक गोपीरमण उपाध्यायलगायतका व्यक्तिहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

363cbba1-9a3f-4396-96c4-c7492b7202c4-1706416145.jpeg

506fec2d-2ebb-4a4b-8fd6-01ad6dc80026-1706416145.jpeg

d0d1925a-b117-4b6f-9616-7b06045f1fb3-1706416146.jpeg

तपाईको प्रतिक्रिया