टोकियो/जापानको फुकुओका शहरमा गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय कार्यसमिति क्युस्यु, फुकुओका नेपाल सोसाइटी, म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय कार्यसमिति क्युस्यु, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब, जनजाती महासंघ क्युस्युको संयुक्त आयोजना तथा फुकुओका सिटी, फुकुओका बाणिज्य दुताबास, फुकुओका योकातोपिया जाइदान र फुकुओका अध्यागमन ब्यूरोको सहयोगमा फुकुओकामा बसोबास गर्ने नेपालीहरुका लागी आगामी दिनमा विभी णिज्य दुताबास, फुकुओका योकातोपिया जाइदान र फुकुओका अध्यागमन ब्यूरोको सहयोगमा फुकुओकामा बसोबास गर्ने नेपालीहरुका लागी आगामी दिनमा विभीन्न समस्यासंग जुध्न सहयोग पुराउने मुख्य उद्देश्यले २०२४ फेबु्रअरी १ तारीक विहीबारका दिन LIVING SUPPORT SEMINAR BY FUKUOKA IMMIGRATION कार्यक्रमको आयोजना गर्न लागेको जानकारी एनआरएनए क्युस्युका संयोजक विवेक बुढाथोकीले वताए। कार्यक्रममा अध्यागमन (इमिग्रेसन) ब्यूरोबाट बिद्यार्थी भिषा, वोर्किंग भिषा, एजुकेन भिषा तथा अन्य भिषाको इन्चार्जहरुको प्रत्यक्ष सहभागीतामा भिषा आबेदन र यसका प्रक्रियाका बारेमा जानकारी गराउनु हुनेछ । त्यस्तै भिषा सम्बन्धि आफ्नो समस्याबारे इमिग्रेसनसंग प्रत्यक्ष प्रश्न समेत गर्न सकिने व्यवस्था गरिएको कुरा संयोजक बुढाथोकीले दियो खवर लाइ वताए।कोरोनाको कारणले उक्त कार्यक्रममा जम्मा ८० जना मात्र सहभागि गराउन सक्ने हुदा समयमै सहभागीताको लागि आयोजकले अनुरोध गरेको छ ।
फुकुओकामा लिभिङ सपोर्ट सेमिनार विहवार हुने
तपाईको प्रतिक्रिया

दियो खबर । १३ माघ २०८०, शनिबार १५:२९