काठमाडौँ। नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको छ ।
नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै आफ्नो अघिल्लो यात्रा तय गरेको हो ।
नेपालको जितमा आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शन रह्यो । समूह ुडीुबाट सुपर सिक्समा पुगेको नेपालले ४४।४ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।
नेपालको जितमा खनालले सर्वाधिक ५८ रनको योगदान दिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।
अफगानिस्तानका लागि अल्लाह मोहम्मद घजनफारले सर्वाधिक ३७ रनको योगदान गरेका थिए । अफगानिस्तानका पाँच ब्याट्सम्यानले रनको खाता नै खोल्न नसक्दा नसीर खान मारुफखिलले ३१, फरिदुन दावोद्जाईले २९ र जम्शिद जर्दानले ३ रन बनाए । नेपाली बलरबाट अफगानिस्तानले २१ रन अतिरिक्तबापत पाएको थियो ।
नेपालका लागि आकाश चन्दले पाँच विकेट लिए। यस्तै, दिपेश कँडेलले दुई, तिलक भण्डारी, सुवास भण्डारी र गुल्सन झाले एक–एक विकेट लिएका थिए ।
दियो खबर । १२ माघ २०८०, शुक्रबार २१:२३