अपडेट

एमाले कर्णालीको उपसचिवमा शाही यथावत

सुर्खेत। नेकपा एमालेले कर्णाली प्रदेश कमिटीको उपसचिवमा रमेश कुमार शाहीलाई नै निरन्तरता दिएको छ।

गत असोजमा सम्पन्न प्रदेश कमिटीको सम्मेलनले शाहीलाई उपसचिवमा निर्वाचित गरेको थियो। तर, पछि एमाले महासचिव शंकर पोखरेलले समावेशी कोटा नअपनाएको भन्दै शाहीलाई जिम्मेवारीबाट मुक्त गरेका थिए। गत कात्तिक २२ गते आरक्षण प्रक्रिया पूरा नगरेको एमालेको ठहर थियो।

जसको चौतर्फी आलोचना भएको थियो। पद कायम भएपछि शाहीले आफूमाथि न्याय भएको प्रतिक्रिया दिएका छ्न्। माघ ३ गते बसेको एमाले केन्द्रीय सचिवालय वैठकले उक्त निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया