काठमाडौं/जबर्जस्ती करणी कसुरमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ८ वर्ष कैद सजाय तोकेको छ।
१३ पुसमा अदालतले उनलाई जबर्जस्ती करणी कसुरमा दोषी ठहर गरेको थियो। अदालतले आज सजाय तोक्ने निर्णय गरेको थियो। सोही बमोजिम अदालतले उनलाई ८ वर्ष कैद सजाय तोकेको हो।
१६ महिनाअघि आफ्नी ‘फ्यान’लाई प्रभावमा पारेर बलात्कार गरेको जाहेरीमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार उनलाई कसुरदार ठहर गरेको हो ।
पीडितको बकपत्र तथा कसुर भएका दिनको क्रियाकलापको घटनाक्रमका आधारमा पीडितलाई प्रभावमा पारेर लामिछानेले बलात्कार गरेको फैसला अदालतले गरेको हो । उनलाई न्यूनतम सात वर्ष र बढीमा १० वर्ष कैद सजाय हुनेछ ।
दियो खबर । २५ पुष २०८०, बुधबार १६:५२