नसाको तालमा सिंहको गुफामा छिरेपछि…

हैदराबाद । सिंहको नाम सुन्ने बित्तिकै हाम्रो मनमा डर उत्पन्न भइहाल्छ । डरले खुट्टा लगलग काम्न थाल्छ । सिंहको एक गर्जनले नै हाम्रो सात्तो जान्छ । सिंहसँग जिस्कनेबारे त कसैले सोच्नै सक्दैन ।

तर भारतको हैदरावादमा भने एक जना पुरुष सिंहको अगाडि गएर गीत नै गाए । यो घटना हैदराबादको चिडियाखाना नेहरु जू पार्कको हो । डेली स्टारमा छापिएको खबरका अनुसार ती पुरुष नशामा यति धुत थिए कि सिंहको खोरमै हाम फाले । यति मात्रै होइन सिंहसँग हात मिलाउन हात पसार्दै गरेको पनि भिडियोमा देख्न पाइन्छ ।

सिंहको खोरमा पस्ने युवक ३५ वर्षका मुकेश कुमार थिए । युवक सामान्य मान्छेहरू झैं चिडियाखाना घुम्न गएका थिए । तर एक्कासि के सनक चढ्यो कुन्नि, उनी सिंहको खोरमा हाम फाले । अनि पानीमा पसेर सिंहतिर इशारा गर्दै ‘मेरे पास आओ ना’ भन्दै रोमान्टिक गीत गाउन थाले  ।

यो घटनाको बेलामा खोरभित्र सिंह र सिंहिनी दुवै थिए । तर सिंह सिंहिनी दुवैले मुकेश कुमारलाई वास्ता गरेनन् । यो घटना अहिलेको भने होइन। खबरका अनुसार घटना २०१६ को हो । यो घटना सञ्चार माध्यममा निकै छाएको थियो ।

सन् १९९६ मा सिकागोको एउटा चिडियाखानामा पनि यस्तै घटना भएको थियो । चिडियाखाना घुम्न गएकी एक महिलाको हातबाट ४ वर्षीय बच्चा खसेर २० फिट तल गोरिल्लाको खोरमा झर्‍यो ।  ती बालकलाई मदर गोरिल्लाले बचाएको थिई ।

तपाईको प्रतिक्रिया