टोकियो/जापानको फुकुओका शहरमा जापानिज भाषामा अध्यायनरत एक नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएको छ ।
नया बर्षमा आयोजना गरिएको एक कार्यक्रम पछि बेपत्ता भएका उक्त नेपाली बिद्यार्थी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको समाचारमा जनाईएको छ । फुकुओका स्थित निसिनिहोन जापानिज भाषा बिद्यालयमा अध्यायन गर्ने नेपाली बिद्यार्थीको हत्या भएको हुन सक्ने भन्दै स्थानिय फुकुओका प्रहरीले छानविन गरिरहेको छ । मृतकको शरिर र टाउकोमा गम्भिर चोट लागेको अवस्थामा उपचार भएको थियो । प्रहरीले सबै बिस्तृत बताउन नसकिने जानकारी दिएको छ ।
मृतक नेपाली युवाको क्रिटिकल अवस्थामा सघन कक्षमा उपचार भएपनि उपचारका क्रममा मृत्यु भएको बताईएको छ ।
नेपाली राजदूतबास टोकियोले मृत्युको कारण पत्ता नलागेपनि नेपालीको मृत्यु भएको जानकारी दिएको छ ।यो समचार निष्पक्ष न्युज वाट साभार गरिएको हो।

दियो खबर । २० पुष २०८०, शुक्रबार १५:०२