अपडेट

यस्ता छन् एकीकृत समाजवादीका केन्द्रीय सदस्यलाई सोधिएका ११ प्रश्न

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को सातौं केन्द्रीय कमिटी वैठक जारी छ।

पुस ११ गतेदेखि सुरू भएको वैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना दृष्टिकोण राख्ने कार्यक्रम चलिरहेको छ। पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाकाअनुसार उद्घाटनको पहिलो दिन पार्टी अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको मन्तव्य सकिएको छ।

साथै वैठकको पहिलो दिन १५ जना केन्द्रीय सदस्यले आफ्ना कुराहरु राख्नु भएको छ। बाँकी केन्द्रीय सदस्यहरूले आफ्ना कुराहरु राख्नु हुनेछ। पुस १३ गतेसम्म चल्ने बैठक बुधबार ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा सुरु भएको थियो।

यो बैठकमा पार्टीको विधान संशोधन प्रमुख मुद्दा रहेको छ। बैठकमा विधान संशोधनका लागि केन्द्रीय सदस्यहरूलाई विभिन्न ११ वटा प्रश्न सोधेका छन्। जसमा केन्द्रीय कमिटी, केन्द्रीय परिषद्सहितका कमिटीहरू सिधै निर्वाचित गर्ने वा महाधिवेशनमार्फत चयन गर्ने विकल्पसहितको प्रश्न सोधिएको छ।

समाजवादीमा पार्टीका सबै कमिटीलाई सकेसम्म छरितो बनाउनुपर्ने कुरा उठिरहेको छ। यही सन्दर्भमा केन्द्रीय कमिटीदेखि वडासम्म जम्बोभन्दा छरितो टिम बनाउने रणनीतिसहित नेताहरूसँग सुझाव मागिको हो।

तपाईको प्रतिक्रिया