अपडेट

पोखरामा कारको ठक्करबाट २ जनाको मृत्यु

पोखरा। पोखरामा कारको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

पोखरा ५ पस्र्याङको सिद्धार्थ बैङ्क अगाडी बा १३ च ३७२१ नम्बरको कारले पैदल यात्रीलाई आज बिहान ठक्कर दिएको हो ।

मृत्यु हुनेमा बागलुङ ढोरपाटन घर भई पोखरा ३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहिचान नखुलेका अर्का ३५ वर्षीय पुरुष छन् । दुर्घटनामा घाइते दुवैजनाको अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनापछि कार चालक फरार छन् । कार भने प्रहरीको नियन्त्रणमा छ ।

तपाईको प्रतिक्रिया