पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का सभापति रवि लामिछानेले आफूलाई प्रहार भएको खोया घरमा झुन्डाएर राख्ने बताएका छन् ।
शनिबार पोखराको अमरसिंहचौरमा आयोजित सभालाई सम्बोधन गरिरहेका बेला लामिछानेमाथि सभामा सहभागी एक युवाले मकैको खोया प्रहार गरेका थिए । मकैको खोया प्रहारपछि सम्बोधन गर्दै लामिछानेले आफ्नो सपना पूरा नभएसम्म खोयालाई घरमा झुन्डाएर राख्ने बताएका हुन् ।
संसारको लामो टेलिभिजन कार्यक्रम सञ्चालन गरेर गिजिज वल्र्ड रेकर्ड राखेर पाएको प्रमाणपत्रलाई भन्दा पनि बढी सजाएर उक्त मकैको खोयालाई घरमा सजाएर राख्ने उनले बताएका छन् । सभापति लामिछाले जतिसुकै ढुंगा र खोया हानिएपनि कालो सिसाभित्र लुकेर हिँड्ने मान्छे आफू नभएको बताए ।
रास्वपाका सभापति लामिछानेमाथि सभामा सहभागी लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लामिछानेमाथि खोया प्रहार गर्ने रानाभाटमाथि अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले बताए।

दियो खबर । ८ पुष २०८०, आईतवार ०८:०४