काठमाडौं । कोरोना सङ्क्रमितको उपचारमा खटिएका दुई जना डाक्टरहरुको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवम् वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इसान हस्पिटलका अध्यक्ष नारायणबहादुर थापाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमित भएका डा. झाको सोमबार बिहान र डा. थापाको आइतबार राति मृत्यु भएको भन्दै मन्त्रालयले उनीहरुको निधन बाट देशलाई ठूलो क्षति पुगेको बताए ।
दुई जना डाक्टरको कोरोना बाट मृत्यु
तपाईको प्रतिक्रिया

दियो खबर । १ मंसिर २०७७, सोमबार १८:३९