अपडेट

लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ। प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा राना मगरले आफूले जीवनको ३४ वर्ष जेलमा रहेका महिला र बालबालिकाको पक्षमा काम गरेपनि सरकारले महिला र बालबालिकाको संरक्षणका लागि उपयुक्त कानुन ल्याउन नसकेको टिप्पणी गरेकी छन्।

गत सोमबार ललितपुरमा महिला अधिकारका लागि राष्ट्रिय अभियानले आयोजना गरेको ‘लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनः नीति तथा संस्थागत संरचनाको विश्लेषण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

आफू राजनीतिका आउँदै गर्दा पनि धेरै महिला माननियहरु समानुपातिकमा आएको भेटेको उनले अनुभव सुनाईन्। संविधानको धारा ३८ (५) ले कम्तिमा पनि ३३ प्रतिशत महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार रहेको दाबी गर्दै उनले उक्त संवैधानिक हक सुनिश्चित गरिनुपर्ने बताईन्।

उनले महिला हिंसा सम्बन्धी बनेका कुनै पनि कानुन प्रभावकारी कार्यान्वन हुन नसकेको बताईन्। अब महिलाहरु चुप लागेर बस्ने नभएर आफूविरुद्ध हुने हरेक प्रकारका विभेद र हिंसाका विरुद्ध आवाज बुलन्द पार्नुपर्ने उनले बताईन्।

कार्यक्रममा महिला अधिकारका क्षेत्रमा काम गरिरहेका अधिकारकर्मी, पीडित महिला र सरोकारवाला संघरसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

तस्बिरः मुकुन्द कालिकोटे

तपाईको प्रतिक्रिया