अपडेट

एकीकृत समाजवादीद्वारा अन्तर पार्टी निर्देशन-११ जारी

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) भदौ २८ गते जारी गरेको अन्तर पार्टी निर्देशन-११  (अपानी) सामान्य हेरफेर गरेर जारी गरिएको छ।

जारी भएको अपानीमा कार्यविभाजनको विषयमा उठेका कतिपय प्रश्नलाई ध्यान दिँदै त्यस अपानीलाई फिर्ता गर्ने र साविकको कार्यविभाजनलाई सामान्यतया यथावत राखेर नयाँ अपानी जारी गरेको छ।

अपानिमा भनिएको छ, ‘जिम्मेवारी हेरफेर पार्टी जीवनमा नियमित विषय हो। त्यसमा चित्त नबुझे आफ्नो मत राख्न सकिन्छ तर त्यस्ता विषयलाई लिएर सार्वजनिक आरोप-प्रत्यारोपमा नउत्रिन पार्टी पङ्तिलाई निर्देशित गर्छ।’

तपाईको प्रतिक्रिया