शिर्षक : फुल्न नसकेको प्रेम

लघु कथा
रामशरण लामिछाने (इतिहास )।
“……… एकदिन अचानक बिमारी परे, सभ्यता आई खुशीले आधा सन्चो भए झै भान भयो, मनका भित्तामा त सभ्यता थिई नै , कोठाका भित्ताभरी सभ्यता कै नाम कोरेको थिए , उन्कै तस्बिर पोस्टकार्ड झै टाँसेको थिए ।
उन्ले भनिन इतिहास यो कस्तो पागलपन हो तिम्रो ?? म त just friend हो । तिम्रो र मेरो हैसियत मिल्दैन, छोडिदेउ यी सब पागलपन , उस्ले हैसियतको कुरा निकाली म चुपचाप चुपचाप बिस्तारामा पल्टिए, घरबाट बाबाको फोन आयो ” बाबू कस्तो छ तँलाई , गाँउ फर्की सहर बेईमान हुन्छ , न धर्म न संस्कार न अनुशासन केही सिकाउदैन गाउँमा के छैन र ?” मैले भने बाबा म ठिक छु , शहर बेईमान होला तर हजुरले सिकाएको संस्कार र अनुशासन मैले भुल्ने छैन” संवाद सकियो ।
सभ्यता कोठाबाट निस्की म एक्लो भए भित्ताभरी उस्कै नाम र तस्बिर साथिभए ।
एकहप्ता पछि सभ्यता क्यानडाको लागि नयाँदिल्ली बाट apply गर्दै गरेको थाहा पाए , म एउटा सपना बोकेर सहर पसेको मान्छे कसैको मायामा अल्झिएर पागलपन देखाउनु गल्ती रहेछ क्यारे , उस्को भिसा लाग्यो उ उडि एक झोक्का हावा कोठासम्म आईपुगे उस्को तस्बिर हल्लाएर गयो।

हैसियतको प्रश्न गरेर हिडेकी उ क्यानडाको कुन सहर पुगि थाहा भएन म हैसियत बनाउनकै लागि साउदि उड्ने भए । राजधानी बस्दाको प्रिय लाग्ने कोठा छोडेर जाने दिन घरबेटी अंकललाई भने ” अंकल कोठा खाली गर्दिए कोठामा कलर गर्नुपर्ला अरु कोहि बस्लान तर एउटा बिन्ती सभ्यताको एउटा तस्वीर र भित्ताको एउटा उस्को नाम नमेटी दिनुहोला ।” अंकलले सहमति जनाए ।

अर्को बिहान म उडे साउदी अरब ,5 बर्ष पश्चात् म फर्किए उहीँ काठमाडौ फेरि कोठाको खोजीमा थिए पुगे त्यै पुरानो घरमै , हतार हतार त्यै कोठामा छिर्न मन लागिरह्यो , कोठामा सभ्यता उमरकै संस्कृति भन्ने केटि बस्ने रहिछ उस्को साथमा एउटा सानो बच्चा पनि थियो ,बच्चाको हासो संगै भित्तामा सभ्यताको एउटा तस्बिर र मेरै हातले कोरेको एउटा नाम पनि मुस्कुराए ,खुशी लाग्यो मेरो प्रेम फुल्न नसके पनि संस्कृतिको प्रेम फुलेको देखेर ।
अहिले म यतै ब्यापार ब्यबसाय गर्छु अहिले के छैन म संग आफ्नै घर, छ ब्यबसाय छ । सभ्यता थाहा छैन तिमी कहाँ छौ क्यानडाको कुन कुनामा छौ , म आफ्नै देसमा खुशी छु सुखी छु ।
सभ्यता बिलिभ मि अझै तिमिप्रतिको मेरो प्रेम निरन्तर उस्तै छ निस्चल पबित्र ।

तपाईको प्रतिक्रिया