अपडेट

सचेतक शाही द्वारा तिहारको शुभकामना व्यक्त

कालिकोट -सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कर्णाली प्रदेश कमिटी सदस्य एवं संसदीय दलका सचेतक समेत रहेका माननीय कुर्मराज शाहीले नेपालीहरुको महान् चाड तिहारको शुभकामना व्यक्त गरेका छन् । सम्पूर्ण हिन्दुधर्मावलम्बीहरुका लागि तिहारको शुभकामना दिएका हुन् ।अशिक्षा असमानता र विभेदको अन्त्य गरि समृद्ध नेपाल निर्माणमा जुटौं ,कोरोना बाट आफू पनि बचौं अरुलाई पनि सुरक्षित रहन सहयोग गरौँ ।
भन्दै शाहीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमा, बुवा, दाजुभाई तथा दिदीवहिनीहरुको सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति एवं सुस्वास्थ्यको कामना गर्दै कोरोनाको कहरकाबीच स्वास्थ्यका मापदण्डको पालना गरी कर्णाली वासि लाई घरमा नै बसी स्वास्थ्य मापदण्ड अपनाइ भाइ र बहिनीको चाडपर्व मनाउन आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया