धनगढी। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले सरकार प्रभावकारी ढगंले चल्न नसकेको टिप्पणी गर्नु भएको छ।
सरकार प्रभावकारी ढगंले अगाडि बढेस् भनेर प्रधानमन्त्रीलाई तीन पटक ज्ञापनपत्र बुझाएको स्मरण गर्दै उपमहासचिव खतिवडाले पार्टीले सरकार छोड्न मात्रै बाँकी रहेको बताउनु भएको हो।
समाजवादी प्रेस संगठन नेपाल, सुदूरपश्चिम प्रदेशको प्रथम अघिवेशनको उद्घाटन गर्दै खतिवडाले वर्तमान सरकारको विकल्प नभएको तर, ठिक ढंगले चल्नुपर्नेमा जोड दिनुभएको छ।
राष्ट्रियसभा निर्वाचनमा एमालेले एक सिट पनि जोगाउन नसक्ने खतिवडाको भनाई छ। उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण नेपालको कम्युनिस्ट आन्दोलन धुजाधुजा भएकोसमेत आरोप लगाउनुभयो।
खतिवडाले भन्नुभयो, ‘हामी विभिन्न पार्टीहरुलाई समेटेर समाजवादी मोर्चासमेत निर्माण गरेर अगाडिको बढिरहेका छौं। एकीकृत समाजवादी पार्टीले चलाएको मेची-महाकाली समाजवादी जागरण अभियानबाट अत्तालिएर ओलीले पनि अभियानका नाममा पार्टीका कार्यकर्ता भेला गरी हाम्रो पार्टीलाई गाली गलौज गर्दै हिडेको देख्छु। आफ्ना गल्ती ढाकछोप गर्न ओलीले एकीकृत समाजवादीलाई जति धेरै गाली र श्राप दिए पनि एकीकृत समाजवादी सकिदैन। बरु थप बलियो भएर जानेछ।’
समाजवादी प्रस सगंठनका ईन्चार्जसमेत रहेका खतिवडाले समाजवादी प्रेस सगंठन नेपाल सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै श्रमजीवी पत्रकार, मिडियाको उन्नति र प्रगतिको बारेमा सगंठन क्रियाशिल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘तपाईं समाजवादी पत्रकारहरु श्रमजीवी पत्रकारको पक्षमा उभिएर अन्य पत्रकारका सगंठनभन्दा फरक भएर अगाडि बढन आग्रह गर्छु।’

दियो खबर । २३ मंसिर २०८०, शनिबार २०:४८