काठमाडौँ। त्रिभुवन विमानस्थलबाट बरामद सुन २४ क्यारेटको रहेको पुष्टि भएको छ।
भन्सार कार्यालयले बिहीबार राति त्रिभुवन विमानस्थलबाट बरामद गरेको १४ किलो सुन २४ क्यारेटकै भएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको हो।
भन्सार कार्यालयले उक्त सुनसहित बिहीबार राति दुई जनालाई पक्राउ गरेको थियो। शुक्रबार भन्सार विभागमा गरिएको परीक्षणमा ९९.९९९ सुन अर्थात् २४ क्यारेटको रहेको पुष्टि भएको छ।
बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट उक्त सुन बरामद गरिएको थियो। घलेले प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए।
चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको अनुसन्धानका क्रममा खुलेपछि उनलाई पनि बिहीबार राति नै धुमबराहीबाट पक्राउ गरिएको छ।


दियो खबर । २२ मंसिर २०८०, शुक्रबार १९:२७