कालिकोट ।कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नम्बर १०चौखोला बाट विरामी ल्याएर जिल्ला अस्पताल आउदै गरेको एम्बुलेन्स खाँडाचक्र नगरपालिका वडा नम्बर ८ स्थानीय बजार सेरावाडा मा दुर्घटना भएको थियो ।
उक्त दुर्घटना परि एम्बुलेन्स चालक खगेन्द्र शाहीको मृत्यु भएको छ।एम्बुलेन्स चालक शाही दैलेख जिल्ला विन्दासैनी नगरपालीका वडा नम्बर ४ घर भैइ हाल कालिकोट जिल्लामा पूथ्वी रक्तदान वीर फाउन्डेसनको एम्बुलेन्स चालकका रुपमा विगत नौ महिना देखि कार्यरत रहेका थिए शोक वक्तव्यमा भनिएको छ ।एम्बुलेन्स कर्णाली राजमार्ग बाट १०० मिटर तल तिला नदिमा खसेको छ।उक्त घटना रहस्यमय ढंगले भएको शोक वक्तव्य मा जारी गरिएको छ।उक्त रहस्यमय ढंगले भएको घटनाको छानवीन गरि सत्यतथ्य सार्वजनिक गर्ने र सम्बन्धित निकाय संग माग गर्ने पूथ्वी रक्तदान वीर फाउन्डेसन का सदस्य राजकुमार परियारले दियो खबर संग बताए । शोक वक्तव्यमा भनिएको जारी गरिएको छ उहाँले पुर्याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै फाउन्डेसन परिवार दिवंगत खगेन्द्र शाही प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं।शोकाकुल घरपरिवार जनप्रति गहिरो सम्वेदना समेत व्यक्त गरिएको छ।
पूथ्वी रक्तदान वीर फाउन्डेसन कालिकोटले शोक वव्यक्त गर्यो
तपाईको प्रतिक्रिया

दियो खबर । ३० कार्तिक २०७७, आईतवार १८:०८