कालिकोट/कर्मचारी मिलन केन्द्र कालिकोटको अध्यक्षमा खाध्य व्यवस्था व्यापार कम्पनी लिमिटेड कालिकोटका कार्यालय प्रमुख कमल राज पाण्डे लाई कर्मचारी मिलन केन्द्र कालिकोटको साधारण सभाले अध्यक्षमा सर्वसहमतिमा चयन गरेको हो ।
केन्द्रको शनिबार आयोजना गरिएको साधारणसभामा मिलन केन्द्रका संरक्षक तथा कालिकोटका सीडीओ गणेश नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
अध्यक्षमा कमल राज पाण्डे ,उपाध्यक्षमा धन बहादुर मल्ल,सचिवमा कम्मर वम ,कोषाध्यक्षमा गोर्ख वहादुर शाहि,सह-सचिवमा सावित्री घिमेरे ,सदस्यहरु कटक वहादुर महत,अविराज शाही, पुनम विश्वकर्मा ,नर वहादुर मिजार,लक्ष्मी प्रसाद पाण्डे, मिन वहादुर वुढा सर्वसहमतिमा चयन भएका हुन्।
तुलराज पाण्डे । १७ मंसिर २०८०, आईतवार १६:५५