काठमाडौँ। रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ।
यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन्। महोत्तरीमा जारी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ चयन गरेको छ। पार्टी कोषाध्यक्ष लिमा अधिकारी सहकोषाध्यक्ष वसुमाया तामाङ् र दीपक बोहरा तोकेको छ।
पार्टीका सहप्रवक्तामा मनिष झा,प्रतिभा रावल, रमेश प्रसाई रहेका छन्। यसअघि उपसभापति रहेका डिपी अर्याल सोही पदमा कायमै छन्। उनी र वाग्लेसहित पार्टीमा अब दुई उपसभापति रहनेछन्। महामन्त्रीमा मुकुल ढकाल यथावत् छन्। प्रतिनिधिसभा प्रमुख सचेतकमा सन्तोष परियार निरन्तर नै रहनेछन्।
पार्टीका थप केन्द्रीय सदस्यमा अनिल केशरी शाह, राजन गौतम, नन्दन यादव, पुकार बम र कामिनी चौधरी छन्। पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ संगठनात्मक ढाँचा अनुसार पार्टी सन्चालन गर्ने निर्णय गरिएको महामन्त्री ढकालले बताए।

दियो खबर । १३ मंसिर २०८०, बुधबार १८:२९