नयाँ प्रविधि पछ्याउँदै माओवादी केन्द्र, नयाँ वेबसाइट सञ्चालनमा

काठमाडौँ। नेकपा माओवादी केन्द्रले आफ्नो आधिकारिक वेबसाइट लन्च गरेको छ।

लामो समयको गृहकार्यपछि माओवादीको प्रचार विभागले सोमबार वेबसाइट लन्च गरेको हो। उक्त वेबसाइटलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडाबाट उद्घाटन गरेपश्चात् सञ्चालनमा आएको हो।

www.cpnmc.org लगइन गरी वेबसाइट भिजिट गर्न सकिन्छ। वेबसाइट न्युज पोर्टलको शैलीमा बनाइएको निर्माण टिमका प्राविधिकहरू बताएका छन्। यसको डिजाइन पाठक कहाँ बसेर हेर्छन् त्यहीँको समाचार आउनेदेखि नेपाली टेक्स पढेर सुनाइ दिने बनाइएको छ।

वेबसाइट हतारमा बनाइएकाले बिस्तारै अपग्रेड गर्दै लैजाने आइसिटी फोरमका संयोजक गोविन्द आचार्यले बताएका छन्। साइट म्याटरलाई भन्दा गतिविधिलाई मुख्य स्थान दिएको छ। सुरुवातीमा पदाधिकारीहरूको जानकारी राखिएको छ। बिस्तारै केन्द्रीय सदस्य, केन्द्रीय निकाय, विभाग, भातृ सङ्गठन, प्रदेश, स्थानीय कमिटी सबै सङ्गठनात्मक संरचना तयार गर्ने आचार्यले बताए।

तपाईको प्रतिक्रिया