ललितपुरले बुटवल लुम्बिनीलाई हरायो

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा ललितपुर सिटी एफसी विजयी भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई २-० ले पराजित गर्‍यो ।

ललितपुरले दुबै गोल पहिलो हाफमै गरेको थियो । २६ औं मिनेटमा दिनेश हेन्जनको गोलमा अग्रता लिएको ललितपुरका लागि अनन्त तामाङले ६ मिनेटपछि नै अर्को गोल थपे । त्यसपछि भने खेलमा कुनै गोल हुन सकेन र ललितपुरले ३ अंक जोड्यो ।

एनएसएल अन्तर्गत नै शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई १-० ले पराजित गरेको थियो ।

दोस्रो हाफमा बुटवलले सुधारिएको प्रदर्शन गरे पनि गोल फर्काउन सकेन ।

तपाईको प्रतिक्रिया