अपडेट

कर्णाली जेसिज कप भलिबल प्रतियोगिताको विजेता जुम्ला

कालिकोट/ तेस्रो  कर्णाली जेसीज कप तथा खुल्ला पुरुष भलिवल प्रतियोगिताको विजेता रज फाउन्डेशन जुम्लाले हात पारेको राष्ट्रका लागी खेलकुद,स्वास्थ्यका लागि खेलकुदभन्ने मुल नाराका साथ कर्णाली जेसीज कालिकोटको आयोजनामा सुरु गरिएकोपुरुष भलिबल प्रतियोगीता शुक्रबार सदरमुकाम मान्ममा सम्पन्न भएको

कर्णाली जेसीज वर्ष२०२३ का अध्यक्ष हरी प्रसाद पाण्डेको सभा अध्यक्षता, खाँडाचक्र नगरपालिका नगर/प्रमुख कमलबहादुर शाहीकोप्रमुख आतिथ्यता, नेपाल जेसीज वर्ष२०२३ का राष्ट्रिय अध्यक्ष विकाश मानन्धर, महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह ,तिलागुफानगरपालिका उपप्रमुख महेन्द्र बहादुर शाही नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटीका प्रवक्ता दमन बहादुर शाहीको विषेशआतिथ्यतामा उद्घाटन गरिएको कार्यक्रमको संचालन कर्णाली जेसिज वर्ष २०२० का  अध्यक्ष सविन कुमार विष्टले गर्नु भएको थियो।

साथै उक्त खुल्ला पुरुष भलिबल प्रतियोगीतामा रज फाउन्डेशन हिमा गाउँपालिका जुम्ला बिजेता भएको भने नरहरिनाथ गाउँपालिकाउप विजेता भएको साथै पहिलो बिजेतालाई एकलाख ५१ हजार एक सय ५१ रुपैयाँ उप बिजेता ८१ हजार एकसय ८१ रुपैयाँ नगदसहिद मेडल कप प्रदान गरिएको कर्णाली जेसिज वर्ष २०२१ का अध्यक्ष तथा वर्ष २०२३ का कार्यक्रम संयोजक लक्ष्मण कुमार शाहीले वताए

तपाईको प्रतिक्रिया