अपडेट

अध्यक्ष बम द्वारा तिहारको शुभकामना व्यक्त

कालिकोट  -पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम (पलातिकान्छा)ले नेपालीहरुको महान् चाड तिहारको शुभकामना व्यक्त गरेका छन् ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कालिकोट जिल्ला कमिटी सदस्य  समेत रहेका बमले सम्पूर्ण हिन्दुधर्मावलम्बीहरुका लागि तिहारको शुभकामना दिएका हुन् ।अशिक्षा असमानता र विभेदको अन्त्य गरि समृद्ध नेपाल निर्माणमा जुटौं ,कोरोना बाट आफू पनि बचौं अरुलाई पनि सुरक्षित रहन सहयोग गरौँ ।
भन्दै वमले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमा, बुवा, दाजुभाई तथा दिदीवहिनीहरुको सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति एवं सुस्वास्थ्यको कामना गर्दै  कोरोनाको कहरकाबीच स्वास्थ्यका मापदण्डको पालना गरी पलाँता पालिका वासि लाई  घरमा नै बसी स्वास्थ्य मापदण्ड अपनाइ भाइ र बहिनीको चाडपर्व मनाउन आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया