काठमाडौँ। अनेरास्ववियूका महासचिव महेश श्रेष्ठले दुर्गा प्रसाईंको कार्यक्रम बिथोल्ने प्रयास गरेर एमालले थप प्रोत्साहन गरेको टिप्पणी गरेका छन्।
मंसिर ७ गते कार्यक्रमलाई महासचिव श्रेष्ठले सामाजिक सञ्जालमार्फत शुक्रबार उक्त टिप्पणी गरेका हुन्। साथै महासचिव श्रेष्ठले गणतन्त्रको जग कमजोर नआँक्न अनुरोध गरेका छन्। मेडिकल व्यावसायी प्रसाईंतर्फ लक्षित गर्दै महासचिव श्रेष्ठले भनेका छ्न्,‘गणतन्त्रको जग त्यति कमजोर छैन। दुर्गा प्रसाईंको आन्दोलनबाट आत्तिनुपर्ने अवस्था छैन।’
उनले लेखेका छन्, ‘दुर्गा प्रसाईं माफिया व्यावसायी हुन्। उनको कार्यक्रममा बिथोल्ने प्रयास स्वरुप नेकपा एमालेले गरेको कार्यक्रमले यस्ता माफियाहरुलाई झन् प्रोत्साहन गर्छ र गर्यो पनि। अझ सरकारले सुरक्षाको कारण दिई घरबाट निस्कनु नदिनु सरकारको अत्यन्त कमजोर मानसिकता हो। गणतन्त्रको जग त्यति कमजोर जस्तो लाग्दैन। तर, कमरेड केपी ओली र कमरेड प्रचण्ड नै गणतन्त्रलाई सकाउन प्रोत्साहन त गरिरहेको छैनन्? होइन भने दुर्गा प्रसाईको आन्दोलनबाट यति आतिनुपर्ने अवस्था होइन।’

दियो खबर । ९ मंसिर २०८०, शनिबार ०८:३५