अपडेट

कृषि स्रोत केन्द्र भवनको शिलान्यास गर्दै नगर-प्रमुख शाही

कालिकोट/खाँडाचक्र नगरपालिकाको वडा ताडीमा कृषि वन स्रोत केन्द्रको भवन शिलान्यास गरीएको सरल जनजागरण कृषिसहकारी संस्था लिमिटेडको आयोजना ईकोहिमाल नेपालको सहजिकरण तथा खाँडाचक्र नगरपालिकाको सहयोगमा  उक्त भवन वन्नेभएको

सरल जनजागरण कृषि सहकारी संस्थाकी अध्यक्ष अस्मीता खत्री (विष्ट)को अध्यक्षता खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमलबहादुर शाहीको प्रमुख आतिथ्यता,उपप्रमुख गणेश बहादुर शाही,निमित्त प्रमुख प्रशासकीय अधिकृत अविराज शाही, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु पुर्व जनप्रतिनिधिहरु, पत्रकार, ईकोहिमाल नेपालका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा उक्त भवनकोशिलान्यास गरीएको छ। कृषि वन स्रोत केन्द्र भवनको नन् दप्रसाद पाण्डेले ७०० सय वर्ग मिटर जग्गा दान गर्नु भएको अहिलेबिश्वव्यासी रुपमा कृषि क्षेत्रमा आकषर्ण घटिरहेका बेला त्यसको असर हाल कृषि प्रधान देश नेपालमा पनि परीरहेकाले ग्रामीण क्षेत्रकाकिसानहरुलाई आकषर्ण गर्नको लागी बढ्दै गएको जलवायु परिवर्तनका असरहरुलाई रोगथाम गर्ने उदश्यले ईको हिमाल नेपाललेबिभिन्न कार्यक्रम गरेको छ।

कृषकलाई प्राविधिक ज्ञान नहुने भएकाले कृषकहरुलाई प्राविधिक ज्ञान सिप क्रियाकपालहरु सिकाउनको लागी स्रोत केन्द्र स्थापनाहुन लागेको ईकोहिमालका कार्यक्रम संयोजन दिपेन्द्र अर्यालले वताए

यस्तै कार्यक्रमका प्रमुख अतिति तथा नगरप्रमुख कमल बहादुर शाहीले कृषि क्षेत्रलाई प्राथमीकता दिदै ईकोहिमाल संग सहकार्य गरेरकृषकहरु लाइ आत्मानिर्भर वनाउन  नगरपालिकाले यस्ता कार्यक्रम समते वताए बढ्दै गईरहेको जलवायु परिवर्तनलाई रोक्न सडककोछेउछाउ मा अनिवार्य विरुवा रोप्ने अभियान पनि नगरले संचालन गर्ने समेत वताए।२ महिना भित्र भवन तयार गरेर नगरलाई हस्तान्तरणगर्न समेत निर्देशन दिएका छन्।

तपाईको प्रतिक्रिया