८० लाख रुपैयाँ तिरेर अमेरिका पुगेका श्रेष्ठको हिरासतमै मृत्यु

काठमाण्डौं/अवैध रूपमा अमेरिका छिरेका बाह्रबिसे नगरपालिका सखुवा बजारका ३२ वर्षीय सुवास श्रेष्ठको अमेरिकास्थितअध्यागमन हिरासतमा मृत्यु भएको संगठित मानव तस्करमार्फत अवैध रूपमा अमेरिका छिरेका उनको अध्यागमन हिरासतमै छँदा गतसोमबार दिउँसो मृत्यु भएको हो

अमेरिकाको टेक्सासस्थित कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा सुवासको मृत्यु भएको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टएजेन्सीले पुष्टि गरेको

सुवास काठमाडौंस्थित रञ्जना कम्प्लेक्समा पसल गर्थे भूकम्प, परकम्प कोरोना महामारीसँगैको आर्थिक मन्दीले व्यापार सुस्ताएपछिउनी अमेरिका लागेका थिए उनले स्वदेशी विदेशी एजेन्टहरूलाई झन्डै ८० लाख रुपैयाँ बुझाएर गत भदौ मा अमेरिकाका लागिहिँडेका थिए काठमाडौंबाट हिँडेका उनले टर्की, स्पेन

हुँदै मेक्सिको जाने गैरकानुनी रुट पछ्याएका थिए सुवास असोजको दोस्रो साता मेक्सिकोबाट अमेरिकाको एरिजोना राज्यकोलुकभिल छिरेका थिए

कुलबहादुरले छोरालाई कसरी, कसले, कुन बाटो हुँदै लग्यो भन्नेबारे आफूहरू भने अनभिज्ञ रहेको बताए

गत कात्तिक २६ को बेलुका फोन गरेर सुवासले आफू अमेरिका आइपुगेको अवस्था सहज नै रहेको बुबालाई बताएका थिए त्यसबेलासुवासले आफूसँगै पश्चिम जिल्लाका दुई नेपाली पनि अमेरिका आएको परिवारलाई जानकारी गराएका थिए अवैध मार्ग हुँदै अमेरिकाछिरेपछि सुवासलाई त्यहाँको अध्यागमनले नियन्त्रणमा लिएर टेक्सासस्थित कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमाराखेको थियो हिरासतमै छँदा सुवासलाई नेपाल डिपोर्ट गर्ने तयारी भइरहेकै बेला कात्तिक २७ मा उनको मृत्यु भएको हो सुवासकाश्रीमती दुई सन्तान छन्

छोराको हिरासतमै मृत्यु भएको खबरले वडा का अध्यक्षसमेत रहेका कुलबहादुर श्रेष्ठ शोकमा डुबेका छन्जे नहुनु भैहाल्यो, अब शवझिकाउन कानुनी प्रक्रिया थाल्नुपर्ने ,’ उनले तिहारको बिदाका कारण कार्यालय बन्द हुने भएकाले खुलेलगत्तै प्रक्रिया अघि बढाइनेभनेका छन्।

अमेरिकास्थित विभिन्न निकाय नेपालका सम्बधित पक्षसँग शव झिकाउन आवश्यक पहलकदमी भइरहेको बाह्रबिसे नगरपालिकाकाप्रमुख बालकृष्ण बस्नेतले बताए भने, ‘दुःखद् घटना भयो, विदेशी मुलुकबाट शव ल्याउने प्रक्रिया यसै जटिल , यसका लागिसरकारको पहलकदमी बलियो हुनुपर्ने देखिन्छ, यसबारे हामीले यथासम्भव प्रयासरत छौँसुवासको मृत्युबारे अमेरिकी अधिकारीलेत्यहाँस्थित नेपाली दूतावासलाई जानकारी गराएका थिए अमेरिकास्थित नेपाली दूतावासका फस्ट सेक्रेटरी उत्तम घिमिरेले मृतककान्युयोर्कमा रहेका आफन्तसँग सम्पर्क भइसकेको उहाँहरू दूतावास आएपछि आवश्यक प्रक्रिया अगाडि बढाइने बताए

नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार आर्थिक वर्ष २०७५/७६ यताका पाँच वर्षमा मात्रै अवैध रूपमा अमेरिकाछिरेका सय ७८ नेपाली डिपोर्ट भएका छन् यसरी डिपोर्ट हुनेमा अधिकांश संगठित मानव तस्करलाई लाखौं रुपैयाँ बुझाएर अवैधरूपमा अमेरिका छिर्नेहरू छन् ब्युरोका अनुसार यसरी

अवैध रूपमा छिर्ने क्रममा बर्सेनि कैयौं नेपालीको बाटोमै मृत्युसमेत हुने गरेको बाटोमै मृत्यु हुनेहरूको आधिकारिक विवरण भने प्रहरी अन्य सरकारी निकायले समेत राखेको देखिँदैन ।यो समाचार कान्तिपुर वाट साभार गरिएको हो।

तपाईको प्रतिक्रिया