काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न टिकटकलाई आग्रह गरेको छ।
सरकारले २७ कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। लगतै दूरसञ्चार प्राधिकरणले टिकटकलाई पत्र लेखेर सरकारको निर्णय जानकारी गराएको थियो।
तर, टिकटकले भने दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेर नेपालको सरकारी संयन्त्रसँग मिलेर काम गरिरहेको बेला बन्द गर्ने निर्णय गर्नु आश्चर्यजनक भएको बताएको थियो।
प्राधिकरणले शुक्रबार टिकटकलाई अर्को पत्र पठाएको छ, जसमा सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ, त्यसलाई कार्यान्वयन गर्न सहयोग गर्न आग्रह गरिएको छ। प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले पनि पत्र पठाएको पुष्टि गरे। उनका अनुसार शुक्रबार नै सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि निर्देशक विजयकुमार रायको नेतृत्वमा प्राविधिक समिति समेत बनेको छ।
दियो खबर । १ मंसिर २०८०, शुक्रबार २२:११