सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू ) नेतृ सुनिता बरालले पार्टीभित्र देखिएको विवादको समाधानको निकाश दुई अध्यक्ष बाटै आउने बताइन् ।
नेपाल कम्युनिस्ट( नेकपा)को युवा विद्यार्थी विशेष जिल्ला कमिटीकी सचिव समेत रहेकि बरालले कम्युनिष्ट पार्टी भित्र हुने बहस् ले नवीनत् कार्यदिशा निर्माण गर्ने उल्लेख गर्दै अब पार्टीलाई नयाँ ढंगले अघि बढाउनु पर्ने बताइन्।
युवा नेतृ बरालले पार्टीको महाधिवेशनपछि केन्द्रीय कमिटीमा युवाको उपस्थिति बलियो बनाउने गरी काम गर्न आवश्यक रहेको दाबीसमेत गरेकि छन्।
नेकपा भित्रको विवाद समाधानका लागि दीर्घकालीन कार्यक्रम, जनजीविकाका सवालहरूको सम्बोधनसहित छलफलमा जुट्न प्रधानमन्त्री एवं अध्यक्ष खड्क प्रसाद शर्मा ओलि (केपी )र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई उनले आग्रह समेत गरेकी छिन्।
‘सरकारले काम गरिर हँदा पार्टी भित्र केही विवाद देखिएका छन्, स्थायित्व नचाहनेहरूका केही चलखेल पनि भएका छन्, तर सरकारले पाँच वर्ष काम गर्ने र पार्टीलाई रुपान्तरण गरेर जनताको बीचमा अझै सशक्त बनाएर लैजानु पर्ने दिशामा अबको बहस केन्द्रित हुनुपर्छ उनले भनिन्।
बाहिर देखिएको जस्तो विवाद दुई अध्यक्षबीच नरहेको तर्क गर्दै नेतृ बरालले सरकारमा कसरी जाने वा सरकार कसरी ढाल्ने भन्दा पनि सरकारलाई कसरी सफल बनाउने भन्ने विषय प्रमुख रहेको धारणा राखिन्।
कम्युनिष्ट पार्टीभित्र वैचारिक बहस हुने बताउँदै बरालले सत्ताको अव्यवहारिक खेलमा नलाग्न नेताहरूलाई आग्रह गरिन्। अहिले प्रधानमन्त्रीको राजीनामा माग्नु अनैतिक हुने उनको तर्क छ।
‘यो सरकार पाँच वर्षका लागि हो त्यतिञ्जेल केपी शर्मा ओलीले सरकार र पार्टीको नेतृत्व गर्नुहुन्छ अहिले सरकार ढाल्ने सरकार बनाउने विषयमा कोही लाग्छ भने त्यो जनादेशको अवमूल्यन हुनेछ र प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न पनि उनले भनिन्।
दियो खबर । २८ कार्तिक २०७७, शुक्रबार ०७:३५