काठमाडौँ। धनुषा र सप्तरीमा बाल्टिनको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
धनुषाको बिदेह नगरपालिका ४ झिझा टोल बस्ने कृष्णा पासमानको छोरा २ वर्षीय अभय पासमानको आफ्नै घर अगाडि पानी भरिएको बाल्टिनमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको हो।
उता सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ पातो बजार बस्ने देव कुमार मालिको ९ महिनाको छोरा बिराट कुमार मालिको पानी भरिएको बाल्टिनमा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ।
खेल्ने क्रममा बाल्टिनमा डुबेर अशक्त भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
दियो खबर । २६ कार्तिक २०८०, आईतवार १०:०३