सङ्खुवासभामा १ हजार ७ सय जनामा डेंगु सङ्क्रमण

खाँदबारी। पूर्वी हिमाली जिल्ला सङ्खुवासभामा डेंगु सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय पुगेको छ ।

सङ्क्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चासो राखेको छ ।

महाशाखाले सङ्खुवासभाका १० स्थानीय तहका प्रमुख, उपप्रमुख र स्वास्थ्य प्रमुखलाई सदरमुकाम खाँदबारीमा भेला पारेर डेंगु सङ्क्रमण नियन्त्रण र रोकथामका बारेमा शुक्रबार जानकारी लिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले विद्यालयमा बालबालिकालाई डेंगुका बारेमा जनचेतना दिन, स्कूल हेल्थ नर्स कार्यक्रमलाई सक्रिय बनाउन, डेंगु नियन्त्रण र रोगथामका लागि स्वयंसेवक परिचालन गर्न, स्थनीय तह र स्वास्थ्य संस्थामार्फत खोज र नष्ट अभियानलाई तीव्रता दिन निर्देशन दिएको बताए ।

स्वास्थ्य कार्यालयका अनुसार सङ्खुवासभाका भोटखोला र चिचिला गाउँपालिकामा सङ्क्रमित देखिएका छैनन् ।

तपाईको प्रतिक्रिया