काठमाडौँ। जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट प्रभावित नागरिकलाई राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक सहयोग गर्ने भएका छन् ।
भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापना लागि राष्ट्रपति पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो एक महिनाको तलब बराबरको रकम दिने भएका हुन् ।
कोषमा राष्ट्रपति पौडेलले सो रकम प्रदान गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
दियो खबर । २२ कार्तिक २०८०, बुधबार १६:२४