सुर्खेत/नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघद्वारा आयोजित तेस्रो राष्ट्रिय प्रतियोगिताको उपाधि कर्णाली प्रदेशले जितेको छ ।२दिनसम्म सुर्खेतमा आयोजित प्रतियोगितामा दोश्रो स्थान बागमती प्रदेशले र तेश्रो स्थान सुदुरपश्चिम प्रदेशले जितेको छ । बिभिन्न उमेरर तौल तथा महिला पुरुष फरक समुहमागरी प्रतियोगितामा विभिन्न ४ विधामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा लुम्बिनी प्रदेशचौथो, गण्डकी प्रदेश पाचौं र मदेश प्रदेश छैटौं भएको खेलमा सबै जिल्लाका खेलाडीहरूले सहभागिता जनाएको निर्णायक मण्डलकाअध्यक्ष राजेन्द्र खत्रीले जानकारी दिए । नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका अध्यक्ष डा.पूर्णप्रसाद पाण्डेले प्रतियोगितामा विभिन्न४ विधामा प्रतियोगिता भएको जसमा फूल केन्पो, सेमी केन्पो, सेल्फ डिफेन्स केन्पो र खुकुरी काता अन्तर्गतका विभिन्न प्रतिस्पर्धा भएकोबताए । केन्द्रीय अध्यक्ष पाण्डेका अनुसार प्रतियोगितामा विजयी खेलाडीलाई नगद पुरस्कारसहित कप मेडल र प्रमाण पत्र प्रदानगरिएको थियो ।
प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गरेका थिए । नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका अध्यक्षडा.पूर्णप्रसाद पाण्डेको अध्यक्षता, महासचिव भरत गोदारको सञ्चालनमा भएको प्रतियोगिताको उद्घाटनमा स्वागत मन्तव्य कर्णालीप्रदेश अध्यक्ष इश्वर शाहीले गरेका थिए। साथै उक्त खेल कार्यक्रममा संघका प्रमुख सल्लाहकार तथा वल्ड ग्राण्ड माष्टर डा. चुडादेवसिंह लामा घिसिङ र बरिष्ठ उपाध्यक्ष कुमार कार्कीलगायतले खेल क्षेत्रका बारेमा बोलेका थिए ।
सो अवसरमा संघका प्रमुख सल्लाहकार डा. चुडादेव सिंह लामा घिसिङलाई वल्ड ग्राण्ड मास्टर डा.पाण्डेको सिफारिसमा शिल्ड रप्रमाणपत्रसहित वल्ड ग्राण्ड माष्टरको अति विशेष सम्मान प्रदान गरिएको संघका प्रेस सल्लाहकार नवराज बजगाईले दियो खवर लाइवताए।
नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघ तेस्रो राष्ट्रिय प्रतियोगिता कार्तिक १७ र १८ गते सम्पन भएको थियो।
दियो खबर । १९ कार्तिक २०८०, आईतवार १६:५१