अपडेट

जाजरकोट भूकम्प: १ करोड सहयोग गर्ने कोशी प्रदेशको निर्णय

काठमाडौँ। कोशी प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितका लागि १ करोड आर्थिक सहयोग गर्ने  निर्णय गरेको छ ।

शनिबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको मुख्यमन्त्री केदार कार्कीले अपिलमार्फत जानकारी दिएका छन् ।

मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेश सरकारलाई आवश्यक मानवीय सहयोग सामाग्री पठाउने व्यवस्था मिलाइएको र सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनःनिर्माण लगायतका कार्यमा सहयोग पुयाउन कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हाे ।

अपिलमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी रुपमा उद्धार र राहतमा जुट्न समेत आग्रह गरिएको छ ।  अपिलमा भनिएको छ : ‘प्राकृतिक विपद्को यस समयमा भूकम्पबाट प्रभावित क्षेत्रमा प्रभावकारी रुपमा उद्वार, राहत, स्वास्थ्य उपचार आदि कामका शिघ्रताका साथ जुट्न विभिन्न संघ, संस्था, निकाय एवं नागरिक समाज लगायत सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौ ।’

kedar

तपाईको प्रतिक्रिया