दैलेखमा कसको लापरवाहीले सुत्केरीको ज्यान गयो

दैलेखमा कसको लापरवाहीले सुत्केरीको ज्यान गयो।
कृष्णप्रसाद अधिकारी
दैलेख, १३ भदौं ।
दैलेखको ठाटीकाँध गाउँपालिका वडा नम्बर १ बस्ने बर्ष २३कि पार्वती शाहीको समयमा उपचार नभएपछी शुक्रबार मृत्यु भएको थियो । शुक्रबार गाउँपालिकाको लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा छोरी जन्माएकी शाहीको छोरी जन्मेको एक घण्टा भित्रै रक्तश्राव हुँदा थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुत्केरी ज्यान जानुमा गाउँपालिकाका जनप्रतिनिधिकाे गम्भिर गल्ती र त्रुटी देखिएकाे छ । निरन्तर रक्त श्राव भएर गम्भिर असर देखिदा समेत गाउँपालिकाबाट उद्धारकाे कुनै पहल नगरिनु, स्वास्थ्य सस्थाबाट समेत समयमै रिफर नगरिनु गम्भिर लापरवाही देखिएकाे छ ।शुक्रवार विहान ११ बजे लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको र दिउसो तीन बजे पार्वतीले छोरीको जन्म दिएको स्वास्थ्य केन्द्रले समयमै रेफर नगरेको र उपचारका लागि पालिकाले हेलिकप्टर वा अन्य साधनको व्यवस्था नगरिदिएका कारण पार्वतीको ज्यान गएको बताउँदै आन्दोलनमा उत्रिएको मृतकका भतिजा सर्जन शाहीले जानकारी दिए ।उनले भने ‘हामीले अस्पताल प्रशासनलाई बारम्बार आग्रह गर्यौं । यहाँ सञ्चो हुँदैन भने रिफर गर्नुहोस हामी जिल्ला बाहिर उपचार गर्न लिन्छौं भन्यो तर स्वास्थ्य केन्द्रले मानेन । अन्तिमा अवस्थामा आउँदा रिफर गरयो । स्वास्थ्य केन्द्र र ठाटीकाँध गाउँपालिकाको लापरवाहीले गर्दा मेरो अन्टीलेको मृत्यु भएको हो ‘हामीले पालिका अध्यक्ष धीरबहादुर शाहीलाई हेलिकोप्टरको व्यवस्था गरिदिन आग्रह गरेका थियौं । तर गाउँपालिका अध्यक्षले हेलीकोप्टर आउँन नसक्ने बताए ।गाउँपालिकाको एम्बुलेन्स बिग्रेका कारण साँझ ६ बजे मात्रै हामीले प्रदेश अस्पतालतर्फ विरामीलाई ल्याएका थियौं । शुक्रबार राती १२ बजे मृत्यु भएको प्रदेश अस्पतालका डाक्टरले घोषणा गरेको सर्जनबहादुर शाहीले बताए । ‘मृतकका श्रीमान कर्णबहादुर रोजगारीको भारतमा भएको बुझिएको छ । शुक्रबार सुत्केरीको मृत्यु प्रकरणलाई लिएर शनिबार गाउँपालिकामा तनाब सिजना भएको छ ।
गाउँपालिका भित्र रहेका एम्बुलेन्स बिग्रेको र समयमनै एम्बुलन्स नबनाएका कारण सुत्केरीको मृत्यु भएको स्थानीयले गाउँपालिकाको कार्यालयलाई आरोप लगाएका छन् । पालिकाले यस्ता जटिल अवस्थालाई पनि ब्यवस्था गर्दै गएको र ज्यानमारालाई हदैसम्मको कार्वाहीको माग राख्दै गाउँपालिका तथा वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।११ बजे स्वास्थ्य केन्द्रमा भर्ना गरिएकी शाहीको करिब १० घण्टासम्म अस्पताल पु¥याउन नसकिएको स्वास्थ्य केन्द्रकै लापरवाही भएको तथा सुत्करीको तत्काल रेफर नगरी स्वास्थ्य केन्द्रमै राखेको भन्दै वडा नम्बर १ को कार्यालय र गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको आन्दोलनमा उत्रका स्थानीयबासीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया