गजल-रामशरण लामिछाने “इतिहास “

पिउनु छ अलिकति ,पिलाउनु छ अलिकति ।
म त किसान खेतबारी, जिलाउनु छ अलिकति ।

छुटे देखि साथ झन , बढि याद पठाईरहेछौ ।
जसोतसो यो मध्येराती , निदाउनु छ अलिकति ।

मुग्लान छिरेदेखी निरन्तर, म सोचिरहेको छु ।
तिमी संग पनि जिवन, बिताउनु छ अलिकति ।

सम्झनामा तिमी आउछौ दसै आउँछ तिहार आउँछ ।
उहीँ पुरानो गुन्युचोली , टिकाउनु छ अलिकति ।

रामशरण लामिछाने “इतिहास ”
नुवाकोट दुईपिपल ०३
हाल कालिकोट

तपाईको प्रतिक्रिया