सुर्खेत/ नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको तेस्रो राष्ट्रिय प्रतियोगिता सुर्खेतमा हुने भएको छ। आगामी कार्तिक १७ र १ ८ गतेबाटसुरु हुने प्रतियोगिताको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्ने भएका छन् । आगामी कार्तिक १७ गते दिउँसो २ वजे उद्घाटन हुने आयोजकले दियो खवर लाई जानकारी दिएको छ।उक्त प्रतियोगितामा सातै प्रदेशका खेलाडीहरु र विदेशी खेलाडीहरुले पनि सहभागिता रहने नेपाल केन्पो खुकुरी मार्सल आर्ट्ससंघका अध्यक्ष डा.पूर्णप्रसाद पाण्डेले बताए ।प्रतियोगितामा विभिन्न ४ विधामा प्रतियोगिता हुने पनि अध्यक्ष पाण्डेले बताए । फूल केन्पो, समी केन्पो, सेल्फ डिफेन्स केन्पो र खुकुरीकाताअन्तर्गत विभिन्न प्रतिस्पर्धामा खेल खेलाउने नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स कर्णाली प्रदेश अध्यक्ष इश्वर शाहीले बताए।ती सबै खेलहरु सुर्खेतमा खेलकुद परिषदको कभर्ड हलमा हुने बताईएको छ ।उक्त खेल २ दिन सम्म संचालन हुने नेपाल केन्पो खुकुरीमार्सल आर्ट्स कर्णाली प्रदेश अध्यक्ष शाहीले बताए ।
नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको तेस्रो राष्ट्रिय प्रतियोगिताको मुख्यमन्त्री शर्माले उद्घाटन गर्ने
तपाईको प्रतिक्रिया
दियो खबर । २७ आश्विन २०८०, शनिबार १७:२२