काठमाडौँ। देविका केसीले गैरआवासीय नेपाली संघ (एनआरएनएनए) को महिला संयोजक पदमा उम्मेदवारी दिएकी छन्।
लोक तथा दोहोरी गायिका समेत रहेकी केसीले महिला शसक्तिकरण, महिला अधिकार, महिलामाथि हुने सबै खाले शोषण, विभेद, अन्याय, अन्त्याचारका विरुद्धमा उभिएर काम गर्ने प्रतिवद्धतासहित गैरआवासीय नेपाली संघ (एनआरएनए)को (२०२३–०२५) का लागि महिला संयोजक पदमा उम्मेदवारी दिएको बताएकी छन्।
दुई दशकदे नेपाली लोक तथा दोहोरीगीत क्षेत्रमा सक्रिय रहेकी केसी क्यानडालाई स्थायी बसोबास बनाएकी छन्। प्रवासको बसाइका क्रममा कतारमा रहँदा एनसीसी कतारको महिला उपाध्यक्ष हुँदै एनआरएनए आइसीसी सदस्य पदमासमेत रहेर काम गरेको अनुभव उनीसँग छ। यसैको आधारमा महिला संयोजक पदमा उम्मेदवारी दिएको उनको भनाई छ।
‘नारी सशक्तीकरण हाम्रो अभियान, कला भाषा संस्कृति हाम्रो पहिचान’ भन्ने मूल नारा लिएर उम्मेदवारी घोषणा गरेकी केसीले आफ्ना पवित्र सपनाहरूलाई साकार बनाउन सबैको साथ, सहयोगको अपेक्षासमेत गरेकी छन्।
महाधिवेशनमा विश्वका ८० बढी देशबाट झण्डै ४२ सय एनआरएन प्रतिनिधिले ‘अनलाइन’ भोट हाल्दै छन्। सांस्कृतिक कार्यक्रमको सन्दर्भमा ५० भन्दा बढी देशमा पुगेर नेपालीको समुदायलाई भेटेका कारण पनि अहिले आफ्नो उम्मेदवारीप्रति धेरैको सदभाव र सहयोग पाएको केसीले बताइन्।
दियो खबर । २७ आश्विन २०८०, शनिबार ०८:०९