काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले सुरू गरेको समाजवादी जागरण अभियान २०८० को सातौ दिन बागमती प्रदेशको चितवनदेखि नवलपर पुगेको छ।
पार्टी केन्द्रीय प्रचार विभाग सचिव प्रकाश खतिवडाका अनुसार पार्टीले यहि असोज १४ गतेदेखि कोशी प्रदेशको झापाबाट सुरू गरेको समाजवादी जागरण अभियान सातौ दिनमा अभियान नवलपर पुगेको हो।
उपमहासचिव खतिवडाका अनुसार अभियानको सातौ दिनमा पार्टी सम्मानित नेता झलनाथ खनालले वैचारिक तथा सांगठनिक रूपमा प्रशिक्षणात्मक मन्तव्य दिदै सभाहरूको सम्बाधेन गरिरहनु भएको छ।
त्यस्तै पार्टीका उपाध्यक्ष जयन्ती राई, महासचिव घनश्याम भुसाल, उपमहासचिव र सचिव लगायतका नेताहरूले अभियानलाई सार्थक तुल्याउनका निम्ति आफूलाई क्रियाशील बनाई रहनु भएको छ।
तस्बिर: लेखनाथ सिकारू


दियो खबर । २१ आश्विन २०८०, आईतवार ०७:५६