अञ्जु र रामजीले गाए पहिलो पटक देउडा गीत

काठमाडौँ। कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको संस्कृतिका रूपमा रहेको देउडा गीतमाथि आधुकिन संगीतले अतिक्रमरण गरिरहेको यस क्षेत्रमा लागेका कलाकारहरूले आरोप लगाउने गरेका छन्।

देउडा गीत संगीतको जर्गेना गर्ने, प्रचार-प्रसार गर्ने अभियानमा लागेका अभियन्ताहरू पनि वर्षौदेखि चलन चल्तिमा आएका र लोक संस्कृतिका रुपमा रहेका भाकाहरूलाई आफ्नो नीजि सम्पत्तिका रूपमा प्रकाशित गर्दै आएकोसमेत देखिन्छ। तर, केही गायक गायिकाहरू देउडा गीत संस्कृतिको शीरवृद्धिका निम्ति अहोरात्र खटिरहेका छन्।

जसमध्येका एक हुन् कालिकोटका महेन्द्र शाही (राष्कोटी)। जसको आवाजमा दर्जनौं देउडा भाकाहरू बजारमा छन्। उनै गायक शाहीले गायिका अञ्जु पन्त, रामजी खाँड, गौरी भट्टको युगल स्वरमा पुरानो देउडा भाका बजारमा ल्याउन थालेको जानकारी दिएका छन्।

‘तेरी प्याटुली मेरी कम्मर कस’ बोलको भाका बजारमा ल्याउने तयारीमा जुटेको जानकारी दिएका हुन्। उनले भने, ‘यो भाका हाम्रो बुबा, बाजेको दिनको भाका हो। जसको संरक्षण गर्नु हाम्रो कर्तव्य हो। यो रत्यौलीमा गाउने भाका हो। करिब लोभ हुन अवस्थाको भाकासमेत हो। लोक देउडा गीत गाउँघरमा लोभ हुन लागेका छन्। देउडको नाममा अनेकन भाका बजारमा सुनिन्छन्। तर, असली देउडा भाका ओझेलमा छन्। मौलिख देउडा भाका जगेर्नागर्ने अभियानमा छु। बिगत लामो समयदेखि यस क्षेत्रको संरक्षण गर्नुपर्छ भनेर लागेको छु। अब चर्चित कलाकारहरूको युगल स्वरमा यो भाका बजारमा ल्याउदैछौं।

महेन्द्रका अनुसार गायिका पन्त र खाँडले पहिलो पटक देउडा गीतमा आवाज दिएका छन्। केशर बहादुर सिँह ‘आक्रोश’ ले शब्द रचना गरेका छन्। लय संकलन चर्चित देउडा खेलाउडा ललित बहादुर शाहीको रहेको छ।

तपाईको प्रतिक्रिया