छेउमै गुलाफ झारी अनि नजर जुधाएर गैई
पुगेर नि जंघार पारी नजर जुधाएर गैई ।
खै को हुन तिनी म अपरिचित छु अझै
मेरा लागि एउटि नारी नजर जुधाएर गैई ।।
तरेपछि जंघार अबश्य छेकिनु पर्ने हो यार
दुईचार पाईला यतै सारी नजर जुधाएर गैई ।।।
सायद म त्यै गुलाफ हेर्दै मुस्कुराई रहेथे
हो त्यै बेला आँखा मारी नजर जुधाएर गैई ।।।।
मनले सोध्दै थियो के हो प्रेम मेरो प्रियतमा
उत्तर बिना मुस्कानले टारी नजर जुधाएर गैई ।।।।।
रामशरण लामिछाने “इतिहास”
नुवाकोट – दुईपिपल-०३
हाल कालिकोट जिल्ला
दियो खबर । २५ कार्तिक २०७७, मंगलवार २२:००