राष्ट्रिय गोजुरियो कराते दो संघ कर्णाली प्रदेश सचिवमा खड्का

सुर्खेत । राष्ट्रिय गोजुरियो कराते दो संघ कर्णाली प्रदेशको अध्यक्षमा दिपक कुमार गौतम सर्वसहमत चयन भएका छन् ।

संघको सोमबार सम्पन्न कर्णाली प्रदेशको प्रथम अधिवेशनकाे अध्यक्षता राष्ट्रिय गाेजु रियाे कराँते दाे संघका केन्द्रीय सचिवालय सदस्य एवम् सहायक प्रमुख प्रशिक्षक रमेश कुमार डाँगि र प्रमुख आथित्यता कर्णाली प्रदेश खेलकुद विकास परिषदका आजिवन सदस्य टक्क बहादुर शाहीले गर्नुभएकाे थियाे ।

उक्त कार्यक्रमबाट दिपक कुमार गौतम अध्यक्ष रहेको ११ सदस्यीय नयाँ नेतृत्व सर्वसहमतिले चयन गरेको हो ।

जसको उपाध्यक्ष द्वयमा दिपक खनाल, योगमाया कार्की ,सचिब प्रकाश खड्का, कोषाध्यक्ष प्रकाश बराल रहेका छन् ।

संघको सदस्यहरुमा विरेन्द्र डागी, रेस्मा माझी, राजेश ओली, प्रविन विक, समिर खत्री र रविन्द्र थापा रहेका छन् ।

कार्यक्रममा संघका केन्द्रीय सदस्य लगायत राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरूको उपस्थित रहेको थियो ।

स्वास्थयका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुलमन्त्रलाई आत्मसाद गर्दै नवनिर्वाचित अध्यक्ष गौतमले खेलकुदले व्यक्तिलाई स्वस्थ बनाउने र व्यक्ति स्वस्थ भए विचार पनि स्वस्थ आउने र स्वस्थ विचारले राष्ट्र निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने हुँदा खेल क्षेत्रको विकासमा सबै लाग्नुपर्ने बताए

 

तपाईको प्रतिक्रिया