DR Karnali Health Free Health Camp Kalikot
DR Karnali Health द्वारा ६ असोज २०८० शनिबार कालिकोट जिल्ला, खाडाचक्र नगरपालिका वडा ४, वडाबद्रिगाऊ सालडाडा बिद्यालयमा नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको छ ।
कालिकोट जिल्ला खाडाचक्र नगरपालिका १, प्रतिमा चोक, मान्म स्थित DR Karnali Health अस्पतालमा बिज्ञ डाक्टरहरु द्वारा नि:शुल्क OPD सेवा र २४ घण्टा Emergency सेवा संचालन हुदै आयको छ। स्वचालित आधुनिक प्रयोगशाला र अग्रिम स्वास्थ्य उपकरणहरु बाट स:शुल्क रगत, दिशा, पिसाप, सुगर, थाइरोइड, मिर्गौला, कलेजो, पेटको भिडियो एक्स-रे र मुटुको ECG चेक जाँच गरिने व्यवस्था छ। हालैको समयमा DR Karnali Health अस्पतालले कालिकोट जिल्लामा नि:शुल्क घर दैलो स्वास्थ्य सेवा र नि:शुल्क स्वस्थ्य सिबिरहरु संचालन गर्दै आयको अस्पतालका संस्थापक भू पु सभापति श्री दिप बहादुर शाहीजूले बताउनुभयो। यो DR Karnali Health को तेस्रो नि:शुल्क स्वस्थ्य सिबिर हो।
शिबिरका संयोजक द्वय ई धर्म दत्त शर्माजू र प्रधानाध्यापक लक्ष्मी प्रशाद आचार्यजूको नेतृत्वमा व्यवस्थापन गरियको थियो भने नि:शुल्क औषधी र डाक्टरको सेवा DR Karnali Health द्वारा उपलब्ध गरायियको थियो।
शिबिरमा १ सय ४१ जनाले सेवा लिएको डा. अनिल भुसाल (MBBS) ले बताउनुभयो । डाक्टर भुसालका अनुसार शिविरमा अधिकांश मानिसहरूलाई ज्वरो र खोकी लागेको थियो। वृद्धहरु र महिलाहरुको खुट्टा र पाखुराहरु दुख्ने, झनझन हुने र सुन्निने समस्या थियो। उच्च रक्तचापको उपचार नगरिएका केही बिरामीहरू पनि हुनुहुन्थ्यो। कतिपयलाई गुणात्मक जोर्नी दुख्ने समस्या थियो । धेरैजसो बालबालिकाहरुलाई ज्वरो, खोकी र नाकबाट बग्ने गरेको थियो र कतिपयको कान दुखेको पनि थियो ।
खुट्टामा अल्सर भएका आधा दर्जन बिरामी एक महिना भन्दा बढी समय सम्म उपचार नगरी बसेका डाक्टर अनिलजूले बताउनु भयो। बिरामीहरु ६ महिना देखी – ८१ वर्ष सम्मका हुनुहुन्थ्यो। DR Karnali Health को तर्फ़बाट स्वास्थ्यकर्मी द्वय शोभा बोगटीजू, सिमा शाहीजू र पदम बोहराजू उकाली ओराली गर्दै आफ्नो गाउठाउँमा नि:शुल्क सेवा उपलब्ध गरी सेवा गर्न पाउदा ज्यादै हर्स महसुस भयको बताउनुहुन्छ।
DR Karnali Health अस्पतालले यो भन्दा अगाडि खाँडाचक्र नगरपालिका ११, सुभाकलिका गाऊपालिका १, २, र ३ वडामा निःशुल्क घरदैलो स्वास्थ्य अभियान सम्पन गरेको थियो भने कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नं ११ बदालकोट र वडा नं ५ घोडेनामा समेत नि:शुल्क स्वास्थ शिबिरहरु संचालन गरेको थियो।
DR Karnali Health द्वारा कालिकोटका स्वास्थ्य चौकी, पालिकाहरु, वडाहरु र बिद्यालयहरुमा निसुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने भयकोले इछुक अध्यक्ष, उपाध्यक्ष र प्रधानाध्यापकहरुले कालिकोट जिल्ला, मान्म, प्रतिमा चोक अबस्थित DR Karnali Health मा आबेदन दिनसक्नुहुनेछ, धन्यबाद।
DR Karnali Health – जर्मा कुमारी शाही (MBS)
दियो खबर । ६ आश्विन २०८०, शनिबार २०:०७