सज्जा५०लाखसहित नेपाल आइडलको विजेता

सज्जा ५० लाखसहित नेपाल आइडलको विजेता
काठमाडौं, १३ भाद्र
नेपाल आाइडलको अडिशन राउण्डमा सविन राईको ‘तिमि नै हौ’ गीत गाएकी थिइन् सज्जा चौलागाईंले । मनदेखी निर्धक्क निस्किएको गह्रौं महिला आवाजले सविन राइको गीत गाउदा कहिँ कतै पनि बिझाएको अनुभुति भएन । जुन गीतलाई नेपाल आइटल टिमले प्रोमो बनाएको थियो । निर्णायकले देखेजस्तै हामीले पनि त्यो आवाजमा त्यतिखेरै ठुलो सम्भावना देखेको थियौं ।अडिशन राउण्डमा सविन राइको गीत गाएकी तिनै सज्जा चौलागाईंले नेपाल आइडलको स्टेजमा लोक शैलिदेखि स्वरसम्राट नारायण गोपालसम्मका गीतहरू न्यायोचित ढंगले प्रस्तुत गरिन् । सुर, ताल, लय र भावनाको समिश्रम हो गीत । यि चार वटै संगीतका आधारभुत मान्यतामा डुबेर गाउने सज्जा नेपाल आइडल सिजन–३ कि विजेता बेनेकी छन् । शुक्रबार राति मोरङकी सज्जा विजेता घोषणा भएकी हुन् ।
विजेता घोषित भएसँगै पुरस्कारस्वरूप सज्जाले नगद ५० लाख रूपैयाँ जितेकी छन् । त्यस्तै प्रतिस्पर्धी प्रवीण बेडुवाल दोस्रो र किरण भुजेल तेस्रो स्थान हासील गर्न सफल भए । पुरस्कारस्वरूप प्रवीणले १० लाख र किरणले ५ लाख नगद जित्न प्राप्त गरेका छन् । विश्वचर्चित फ्रेन्चाइज गायन प्रतिस्पर्धा नेपाल आइडलको फाइनलमा महिला कन्टेस्टेन्ट पुगेपनि यसअघि विजेता भने बन्न सकेका थिएनन् । यस हिसाबले हेर्दा पनि सज्जाले चैन ब्रेक गरिदिएकी छन् । इतिहास रचिएको छ सज्जाको नाममा ।विश्व नै कोरोना महामारीसँग लडिरहदा नेपालमा संक्रमण र मृत्युदर दुबै बढिरहेको छ । अझ काठमाडौं उपत्यका कोरोनाको केन्द्र नै बन्ने देखिएपछि गत बिहिबारदेखि लागु गरिएको निषेधाज्ञा फेरी थप गरिएको छ । यो प्रतिकुल अवस्थाकाबीच भिडियो सन्देशमार्फत अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका हुन् । नेपाल आइडल निर्माण टोलिकै १ जनामा कोरोना संक्रमण पुष्टि भएपछि भिडियोमार्फत विजेता घोषणा गरिएको हो ।विभिन्न माध्यमबाट दर्शकले दिएको भोट र निर्णायकहरूको मुल्यांकनको आधारमा सज्जा विजेता भएको आयोजकले जनाएको छ । सज्जाको जित महिला शसक्तिकरणको ज्वलन्त उदाहरण पनि हो । उनको सरल व्यक्तित्व, गायकी र आवाज पनि वास्तवमै सशक्त छ । भनिन्छ नि सफलताको शिखर चम्नु भन्दा महत्वपूर्ण कुरा शिखरमा टिकिरहनु हो । बधाई सज्जा चाैैलागाई ।

तपाईको प्रतिक्रिया