नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको तेस्रो राष्ट्रिय खेल सुर्खेतमा हुने

काठमाडौं /नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको तेस्रो राष्ट्रिय खेल सुर्खेतमा हुने भएको छ। आगामी कार्तिक १७ र १ ८ गतेबाट सुरु हुने प्रतियोगिता सुर्खेतमा हुने भएको हो ।
उक्त प्रतियोगितामा सातै प्रदेशका खेलाडीहरु र विदेशी खेलाडीहरुले पनि सहभागिता जनाउने नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका अध्यक्ष डा. पूर्णप्रसाद पाण्डेले दियो खबर संग बताए ।
प्रतियोगितामा विभिन्न ४ विधामा प्रतियोगिता हुने पनि अध्यक्ष पाण्डेले बताए । फूल केन्पो, समी केन्पो, सेल्फ डिफेन्स केन्पो र खुकुरी काताअन्तर्गत विभिन्न प्रतिस्पर्धामा खेल खेलाउने संघले जनाएको छ ।
ती सबै खेलहरु सुर्खेतमा खेलकुद परिषदको कभर्ड हलमा हुने बताईएको छ ।उक्त खेल २ दिन सम्म संचालन हुने नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स कर्णाली प्रदेश अध्यक्ष इश्वर शाहीले बताए ।

 

तपाईको प्रतिक्रिया