जापान/नेकपा एकीकृत समाजवादीले सुदेश पराजुलीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । पार्टी निकट विद्यार्थी संगठनअनेरास्ववियूको नेतृत्वबाट बिदा भएसँगै उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।
केही महिनाअघि नै पराजुली विद्यार्थी संगठनबाट बिदा भएसँगै नयाँ नेतृत्वमा आरती लामा आएकी छन् । यससँगै पार्टीले पराजुलीलाईकेन्द्रीय समितिमा प्रवेश दिएको हो । उनीसहित २१ जनालाई एकीकृत समाजवादीले केन्द्रीय सदस्यमा मनोनीत गरेको सो पार्टीलेमातहतका कमिटीलाई पठाएको अन्तरपार्टी निर्देशनमा उल्लेख छ ।
तुलराज पाण्डे । २९ भाद्र २०८०, शुक्रबार १३:४३