DR Karnali Health Camp Kalikot
DR Karnali Health द्वारा २३ भाद्र २०८० मा कालिकोट जिल्ला, खाडाचक्र नगरपालिका, वडा ११, बदालकोटमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरियको छ।
२२ भाद्र, दिउस ३ बजे स्वास्थ्य टोली प्रतिमा चोक, खाडाचक्र, मान्मबाट बदालकोट तिर प्रस्थान प्रस्थान गरेका थियौ। सुधार शाही (वडा सदस्य) र स्थानीयहरु सग गाउको अवस्था बुझ्दा बुझ्दै बाटो काटेको पतोनै भयन। सिमा शाही (स्वास्थ्य कर्मी) र टेक राज शाही (स्वास्थ्य कर्मी) दुवै जनाले केही समय पहिले बदालकोटमा घरदैलो स्वास्थ्य अभियानमा आउदा पानीमा भिजेको आफ्ना अनुभबहरु
सुनाउदा थकान पनि बिर्सेयो। उकाली, ओराली, खोला, खोल्सा, झरना, जंगल र भीरको बाटो हिड्दै बेलुका ७ बजे बास स्थान बदालकोट गाउ पुगेका थियौ। देव राज भारती (वडा अध्यक्ष) जू र उनको टोलीले राम्रो व्यवस्था गर्नु भयको रहेछ। पवन शाही (स्वास्थ्य चौकी) जूले गाउको बिस्तृत स्वास्थ्य अवस्था अवगत गराउनुभयो।
२३ भाद्र बिहानै ७ बजे नि:शुल्क स्वास्थ्य सिभिर सुरु भयो।प्रतिभाशाली, अनुभवी र जनप्रेमी डा. अनिल भुसाल (MBBS) जू र हाम्रो सम्पूर्ण स्वास्थ्य टोली दिनभर बिरामी चेक जाचमा व्यस्त भयौ। DR Karnali Health द्वारा संचालित नि:शुल्क स्वास्थ्य शिविरमा १५०+ भन्दा बढी मानिसहरूले सेवा पाएका छन्। धेरै जसो बिरामीहरु सुन्निने, झन्झन हुने र जलेको अनुभूति भएका, महिलाहरू तल्लो पेट दुख्ने र पीवी डिस्चार्जका बिरामी, बालबालिकाको कानमा समस्या भयका, लुतो र दाँतको समस्या भयका बिरामी थिय। बालबालिका, वृद्ध लगायत अधिकांश बिरामीहरु ३५ – ५५ वर्षका थिए।
यो सिभिर उत्कृष्ट र सफल भयको वडा अध्यक्षजू ले बताउनु भयो। गाउका कुना कन्दरा सम्म पुगी बिरामीहरुको सेवा गर्ने अवसर प्राप्त भयकोमा हाम्रा सम्पूर्ण स्वास्थ्य टोलिका सदस्यहरु भाग्यमानी ठान्दछौ। उपचार पछी बिरामीको अनुहारमा हर्स, आत्मियता र विश्वास हाम्रो लागि आफ्नो जिम्मेवारी पूरा गरेको अनुभव हुन्छ।
यो केवल सुरुवात हो, यहाँ धेरै गर्न बाँकी छ। हजुरहरुको सहयोग, समर्थन, सद्भाब र सुझापको निरन्तर आवसेक छ ताकी धेरै भन्दा धेरै गरिब, दुखि, दरिद्र बिरामीहरु सेवाबाट लाववान्बित हुनेछन्।
यदि योग्य स्वास्थ्यकर्मी हुनुहुन्छ र केही समय खाली घरमा बस्नु भयको छ भने हाम्रो अभियानमा सामेलभै कर्णालीका कुना कन्दराका बस्तीहरुमा पुगी धेरै भन्दा धेरै गरिब, दुखि, दरिद्र, गुणस्तरीय स्वास्थ्यबाट बन्चित बिरामीहरुको सेवा गर्न चाह्नुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ। कालिकोट जिल्लाका स्वास्थ्य चौकी, पालिकाहरु, वडाहरु र बिद्यालयहरुमा निसुल्क स्वास्थ्य शिविरहरु संचालन गर्न इछुक स्वास्थ्य कर्मी, अध्यक्ष, उपाध्यक्ष र प्रधानाध्यापकजूहरुले हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ, सम्पर्क (९८५८०२५००७) ।
DR Karnali Health द्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरलाइ सफल पार्न सहोग गर्नुहुने सम्पूर्ण व्यक्तित्वलाइ हिर्दय देखिनै धन्यवाद व्यक्त गर्दछु ।
DR Karnali Health – जर्मा कुमारी शाही (MBS)
दियो खबर । २५ भाद्र २०८०, सोमबार २३:१५