काठमाडौं/यस वर्षको ‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ कालिकोटका हिक्मत बहादुर मल्ल, बझाङकी गंगुदेवी खडायत र काठमाडौंस्थायी घर भइ हाल जुम्लामा कार्यरत डा.सुवी बस्न्यातलाई प्रदान गरिने भएको छ ।
पुरस्कार छनौट समितिकी संयोजक सम्झना पौडेलको संयोजकत्वमा आइतबार एक्सन वर्क्स नेपाल को मुख्य कार्यालयमा बसेकोबैठकले उक्त निर्णय गरेको हो ।
कालिकोटका मल्ल वि.स २०७५ सालदेखि जिल्लामा भइरहने सामाजिक गतिविधिमा संलग्न हुँदै आएका छन् ।उनले कोरोना कालमा १हजारदेखि १२ सय जना कोरोना पीडितका लागि ‘आपसमा युवा अभियान’ सञ्चालन गरेका थिए । यस्तै उनले जातिय छुवाछुत निर्मूलपार्नका लागि सडक नाटकदेखि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
तुलराज पाण्डे । २५ भाद्र २०८०, सोमबार १७:३२